सिलगढी: आरजी करको घटनालाई लिएर राज्यभर व्यापक विरोध भइरहेको छ। यसैबीच सिलगढीमा पनि सामूहिक दुष्कर्मको घटना अघि आएको छ, जसले सनसनी फैलाएको छ। पुलिसले यस मामिलामा चार अभियुक्तलाई पक्राउ गरेको छ, पक्राउ परेका तीन जना नाबालिग छन्l बालिकाको परिवारको तर्फबाट एनजेपी पुलिस स्टेशनमा प्रथामिकी दर्ता गरेपछि, पुलिसले चारै जनालाई गरेको छl सिलगढीका पुलिस कमिश्नर सी सुधाकरले भने, ‘यस सामुहिक बलात्कारमा चार आरोपीहरू पक्राउ परेका छन्। सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको छ।‘ अर्कोतर्फ, सिलगढीका भाजपाका विधायक शंकर घोषले यस कुराको कडा निन्दा गरेका छन्।