खरसाङ महकुमा शासक कार्यालय र महकुमा सूचना अनि सांस्कृतिक विभागद्वारा ७८औं स्वतन्त्रता दिवस पालन

IMG-20240816-WA0213

खरसाङ: देशको ७८औं स्वतन्त्रता दिवस हिजो खरसाङको महकुमा शासक कार्यालयमा पालन गरिएको छ। खरसाङ महकुमा शासक कार्यालयमा महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकको बाहुलीबाट राष्ट्रिय ध्वजा उत्तोलन गरिएको जानकारी प्राप्त भएको छ। त्यसरी नै खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग र माध्यमिक शिक्षा केन्द्र रोहिणीको आयोजनामा रोहिणीको गैरी गाउँस्थित सार्वजनिक भवनमा 78 औं स्वतन्त्रता दिवस समारोह पालन गरिएको छ। उक्त कार्यक्रममा विद्यार्थीहरूले देश स्वतन्त्रतामा महत्वपूर्ण योगदान दिएका स्वतन्त्रता सेनानीहरूको फोटो प्रदर्शनी गरेका थिए। यसको साथै नानीहरूले स्वतन्त्रता आन्दोलनमा पश्चिम बंगालको इतिहास र बंगालको स्वतन्त्रता सेनानीहरूको फोटो प्रदर्शनी गरिएको थियो।

कार्यक्रममा महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारी अनिर्बन दाम लगायत कर्मचारीहरू अनि रोहिणीको स्थानीयहरू र विद्यार्थीहरू लगायत अभिभावकहरू पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement