सिरमूर बोयज बन्यो च्याम्पियन

photocollage_2024816171415645

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिरमूर बोयज च्याम्पियन भयो। दुधे फूटबल मैदानमा बिहीवार भएको फाइनल म्याचमा सिरमूर बोयजले बोयज अव् प्रधानलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा मुख्य अतिथिको रूपमा मणिराज डुम्जन (पञ्चायत प्रधान, सेण्ट मेरीज थ्री ग्राम पञ्चायत) उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा सन्तोष तामाङ (उप-प्रधान, सेण्ट मेरीज थ्री ग्राम पञ्चायत), चन्द्र प्रसाद शर्मा (सदस्य, खरसाङ पञ्चायत समिति), धन बहादुर तामाङ (सदस्य, सेण्ट मेरीज जीपी) र दिवस लामा (डिरेक्टर, फ्रेण्डशीप स्कूल)-को साथमा अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति थियो भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः पूर्ण बहादुर गुरुङ (सिरमूर बोयज)
बेस्ट गोलकीपरः निगिन तामाङ (सिरमूर बोयज)
हाईएस्ट स्कोररः प्रचुल छेत्री (बोयज अव् प्रधान)
प्लेयर अव् द टुर्नामेण्टः रुस्तम प्रधान (आर.जी.एफ.सी.)

About Author

Advertisement