खरसाङमा नयाँ अस्पताल अनि नयाँ खेल मैदान निर्माण गर्ने अनित थापाको घोषणा

IMG-20240816-WA0210

खरसाङ: खरसाङको मन्टेभियट खेल मैदानमा आयोजित ७८औं स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन गर्दै जीटीएका मुख्य कार्यपाल अनित थापाले खरसाङमा सुविधा सम्पन्न नयाँ सरकारी अस्पताल अनि नयाँ खेल मैदानको निर्माण गरिने घोषणा गरेका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘नयाँ अस्पतालको निर्माण अगस्त महिनाको अन्त्यतिर शुरु गर्नेछौँ। आगामी डेढ वर्षभित्र खरसाङले अब्बल दर्जाको अस्पताल पाउनु हुनेछ। खरसाङमा ठूलो खेल मैदानको खाँचो छ। हामीले खेल मैदानको निम्ति जग्गा पनि हेरिसकेका छौं। खरसाङवासीले चाँडोभन्दा चाँडो नयाँ खेल मैदान पनि पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement