हर्ली मेमोरियल कपः १०७ टेरिटोरियल आर्मी च्याम्पियन

photocollage_2024815234612790

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा १०७ टेरिटोरियल आर्मी (टीए) च्याम्पियन भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा बिहीवार खेलिएको फाइनल म्याचमा १०७ टेरिटोरियल आर्मीले दार्जीलिङ पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल देवाशिष राईले अतिरिक्त समयको खेलमा (९२औं मिनट) गरे। नियमित ९० मिनटको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई प्रतिष्ठित हर्ली कपको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनर अप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement