लाल किल्लामा स्वतन्त्रता दिवस समारोहमा  पीएनजी अटल टिंकरिङ ल्याब

00-1-PNG

गान्तोक: पल्जोर नामग्याल गर्ल्स स्कूल, गान्तोकको अटल टिंकरिङ ल्याब (एटीएल)लाई अटल इनोवेशन मिशन, नीति आयोगले १५ अगस्तमा नयाँ दिल्लीको लाल किल्लामा प्रधानमन्त्रीको स्वतन्त्रता दिवस २०२४ को सम्बोधनमा भाग लिन विशेष अतिथिको रूपमा आमन्त्रित गरेको छ। विद्यार्थी प्रतिनिधिहरू वानिस्का छेत्री (कक्षा १२), ली इयोङ लेप्चा (कक्षा ११) र प्रतीक्षा शर्मा (कक्षा ९)ले आगामी अगस्ट १३ देखि १६ सम्म राज्यका साथै अन्य शैक्षिक कार्यक्रममा सहभागी हुने जनाइएको छ। नीति आयोगका मन्त्रीहरू र विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्नेछन्। उनीसँग विनय खर्क (पीजीटी फिजिक्स), लादेन भुटिया (पीजीटी हिस्ट्री) र प्रतिक्षाका बुबा नारायण शर्मा पनि छन् प्रिन्सिपल जेम पाण्डी टार्गेन र एटीएल इन्चार्ज इभान दोर्जी लेप्चाको नेतृत्वमा नामग्याल गर्ल्स स्कूल एटीएल देशकै उत्कृष्ट प्रदर्शन गर्ने एटीएलको रूपमा परिचित छ।

About Author

Advertisement