राज्यपाल माथुरले फहराए राजभवनमा राष्ट्रिय ध्वज

n626669945172372790051657be1ccce460c8af518ad5612c50ade680c35a5c0a18318ba00e9c8c105f1128

गान्तोक: देशको ७८औं स्वतन्त्रता दिवसको अवसरमा आज राज्यपाल ओम प्रकाश माथुरले राजभवनमा राष्ट्रिय ध्वज फहराए। यस अवसरमा राजभवनका सचिव जिग्मी दोर्जी भोटियासहित अन्य अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए।
राज्यपाल माथुरले राजभवन परिसरमा राष्ट्र पिता महात्मा गॉंधीको प्रतिमामा पुष्पाञ्जलि अर्पित गरेर आफ्नो गहिरो श्रद्धाञ्जलि व्यक्त गरे। राज्यपालले स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै यो स्वतन्त्रता हामीले अनेकौं संघर्ष र बलिदानपछि प्राप्त गरेका हौं भनी बताए।
राज्यपालले भने, देशका वीर सैनिकहरूको सम्मान गर्दै भारतको एकता र अखण्डतालाई अक्षुण्ण राख्न एकजुटताका साथ हामी सबैले काम गर्नुपर्छ। हामीले आफ्नो राज्य र देशलाई नयॉं उचाईसम्म लैजानका लागि एकजुट बनेर विकसित भारत २०४७ को सपनाका साथ एउटा नयॉं भारतको निर्माण हेतु संकल्पित बन्नुपर्छ।
राज्यपालले सबैलाई एकजुट बन्न आह्वान गर्दै विविधतालाई अपनाउन र राष्ट्रको प्र​गति र उन्नतिमा योगदान दिन प्रेरित गर्न आह्वान गरेका छन्। उनले भने, हामी सबै विकसित भारत २०४७ को लक्ष्य प्राप्तिमा एकसाथ मिलेर हामी भारतलाई परम वैभवको शिकरसम्म पुऱ्याउन संकल्पि लिन्छौ।
कार्यक्रममा भारत तिब्बत सीमा पुलिसले राज्यपाललाई गार्ड अफ् अनर दिए। यस अवसरमा राज्यपालले राजभवनका सबै अधिकारीहरू र कर्मचारीहरूसॅंग भेट गरे तथा उनीहरूलाई मिठाई वितरण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement