नाम्चीस्थित भाइचुङ स्टेडियममा ७८औं स्वतन्त्रता दिवस समारोह पूर्ण उत्साहका साथ पालन

n6266779621723728005373761f29b00625ef77c008aaf74bd6b1a58a0b9383a791257d8e02084ff6a1e58b

नाम्ची: देशको ७८औं स्वतन्त्रता दिवस समारोह आज नाम्चीस्थित भाइचुङ स्टेडियममा पूर्ण उत्साहका साथ शुरू भयो। कार्यक्रममा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथिका रूपमा उपस्थित छन्।
मन्त्रीलाई जिल्लापाल अनुपा तामलिङ लगायत वरिष्ठ पुलिस अधीक्षक, एसडीएम तथा विभागीय अधिकारीहरू स्वागत जनाए।
मन्त्री राईलाई सिक्किम पुलिस र एनसीसी दलले गार्ड अफ् अनर दियो। मुख्य अतिथि मन्त्री राईले राष्ट्रिय ध्वज फहराएर स्वतन्त्रता दिवस समारोहको शुभारम्भ गरे। स्वतन्त्रता दिवसको अवसरमा आज दिनभरि रंगारंगा कार्यक्रम र प्रतियोगितात्मक कार्यक्रमहरू प्रस्तावित रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement