कञ्चनजङ्गा राज्य विश्वविद्यालयका कुलपति डा. शर्माको राज्यपाल माथुरसॅंग शिष्टाचार भेट 

n62659054917236595897481415d2c3af971c025b841a6f9b34d81962b2e380715ed5cd8f8aa41b7aef574c

गान्तोक: कञ्चनजङ्गा राज्य विश्वविद्यालयका कुलपति डा. आशीष शर्माको अगुवाईमा आज विश्वविद्यालयका विभाग प्रमुख र संकाय सदस्यहरूले राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गऱ्यो।

यस भेट अवधि कुलपतिले राज्यपाल, जो कञ्चनजङ्गा राज्य विश्वविद्यालयकाका कुलाधिपति पनि हुन्, लाई विश्वविद्यालयको बारेमा विस्तृत जानकारी दिए। उनले नाम्ची जिल्ला अन्तर्गत तार्कुमा निर्माणाधीन विश्वविद्यालयको स्थायी परिसरको स्थितिको बारेमा अवगत गराए।

बातचीतको क्रममा राज्यपालले विभिन्न स्थानीय भाषा र संस्कृत विषयको विकास एवं सवर्धनको दिशामा विश्वविद्यालयको भूमिकालाई महत्वपूर्ण बताए। राज्यपालले भने, भाषाले देशलाई जोड्ने काम गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement