पाकिमको पारखामा तिरङ्गा यात्रा

IMG-20240814-WA0332

पाकिम: ७८औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित हर घर तिरङ्गा अभियानअन्तर्गत आज पाकिम जिल्लाको पारखा खण्ड प्रशासनिक केन्द्रमा तिरङ्गा यात्रा निकालियो। यात्राको उद्देश्य स्थानीयहरूमा राष्ट्रिय झण्डाबारे सचेतना जगाउनु रहेको थियो। यात्रामा पारखा जुनियर हाई स्कूलका विद्यार्थी अनि स्थानीय गाउँलेहरूको उपस्थिति रहेको थियो। यात्राको आरम्भमा पारखा जुनियर हाइ स्कूलका विद्यार्थीहरूले खण्ड प्रशासनिक केन्द्रबाट यात्रा आरम्भ गरेका थिए जसमा पछिबाट गाउँलेहरूले सहभागिता जनाएका थिए।
उल्लेखनीय छ, भारत सरकारको यस विशेष अभियान हर घर तिरङ्गाअन्तर्गत विशेष गरेर स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय झण्डालाई सम्मान जनाउँदै प्रत्येक घरमा राष्ट्रिय झण्डा फहराउने अपील गरिएको छ।

About Author

Advertisement