अन्तर विभागीय फूटबल टुर्नामेन्टमा भू-राजस्व तथा आपदा प्रबन्धन विभाग बन्यो च्याम्पियन

IMG-20240814-WA0335

सोरेङ: सोरेङमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी जिल्ला स्तरीय अन्तर विभागीय फुटबल टुर्नामेन्टमा भू-राजस्व तथा आपदा प्रबन्धन विभागले सडक एवं पुल विभागलाई शुन्यको विरुद्ध एक गोलले परास्त गरेर फाइनल खेलको च्याम्पियन बनेको छ। भू-राजस्व तथा आपदा प्रबन्धन विभागको तर्फबाट निर्णायक गोल ओङ्चुक लेप्चा (९)-ले खेलको ७७औं मिनेटमा गरेका थिए। टुर्नामेन्टका विजेता टिमलाई एक लाख रुपियाँ र उपविजेता टिमलाई ६० हजार रुपियाँसहित आकर्षक ट्रफी मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो। यसरी नै आज खेलिएको प्रदर्शनी म्याचमा एमएलए एकादशले डीसी एकादशलाई ३-१ गोलको अन्तरले पराजित गर्‍यो। यी दुवै टिमलाई पनि समारोह समितिको तर्फबाट नगद राशि प्रदान गरियो।
सोरेङमा जारी ७८औं स्वतन्त्रता दिवस कार्यक्रम अन्तर्गत १६औं दिनको कार्यक्रममा सडक एवं पुल विभाग (राष्ट्रिय राजमार्ग)-का मुख्य अभियन्ता सुकवीर सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा सामाजिक कल्याण विभागका सुपरिटेन्डेन्ट इन्जिनियर अनिल प्रधान, प्रताप इन्टरनेसनल स्कुलका निर्देशक एसएम सुब्बा र खेलकुद एवं युवा मामिला विभागका सेवानिवृत्त निर्देशक कमलसिंह छेत्री विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यसरी नै पूर्व विधायक एवं समारोह समितिका संरक्षक आदित्य गोले, जिल्लापाल धिरज सुवेदी, पुलिस अधीक्षक नहकुल प्रधानसहित विभिन्न विभागका अधिकारीहरुको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement