स्वतन्त्रता दिवस अघि आमबाडीमा स्पेशल नाका चेकिङ अभियान

84fbcc64-067a-46a6-bb6e-db565f3911cc-1024x576

राजगञ्ज: स्वतन्त्रता दिवसको अवसर पारेर आमबाडी आउट पोस्ट पुलिसले फूलबारी-गाजोलडोबा राष्ट्रीय राज मार्गको नावापाडा मोडमा स्पेशल नाका चेकिङ अभियान चलायो। कुनै प्रकारको अप्रिय घटना नहोस् भनेर आज वाहनहरू लगायत दुई चक्के स्कूटी तथा बाइकहरूको पनि जाँच गरियो। यसको साथै प्रत्येक वाहनहरूको नम्बर दर्ता गरिएको छ। यस वाहेक, राष्ट्रीय राजमार्गमा यातायात नियम अनुसार गाडीहरू चलाइरहेको छ कि छैन भन्ने विषयमा पनि पुलिसले कठोर नजर राखेको छ। उक्त चेकिङ बुधवार दिनभरि जारी रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement