गोरुबथान: गोरुबथानको पुरानो क्लबहरुमा एउटा क्लब हो डायमण्ड क्लब। डायमण्ड क्लबले प्रतिवर्ष अगस्त महिनामा स्वतन्त्रता दिवस नगद राशी फुटबल प्रतियोगिता आयोजना गर्ने गर्छ।यस वर्ष पनि यसै क्लबद्वारा स्वतन्त्रता दिवस नगद राशी फुटबल प्रतियोगिता माल बस्ती जन मैदानमा समपन्न भइरहेको छ। दोस्रो सेमिफाइनल खेल ३/९ जि आर सालुगढा बनाम स्पोर्टस एसोसिएसन मेटलीमाझ सम्पन्न भएको थियो।खेल खुबै रोमान्चक भएको थियो।खेल अवधिमा दुवै दलले एक एक गोल गरेर बराबरीमा रहेपछि निर्णायकले पेनलटी सुट आउटको माध्यमबाट विजयी दल चयन गरे।पेनलटीमा मेटली स्पोर्टस एसोसिएसनले चार गोल दागेर विजयी बनेको छ।फाइनल खेल आगामी १६ अगस्त २०२४को दिन समपन्न हुनेछ।फाइनल खेल बि सेभेन माल बस्ती बनाम मेटली स्पोर्टस एसोसिएसन माझ समपन्न हुनेछ।आजको म्यान अफ दि म्याचको ट्रफी दाता मनिष स्पोर्टस सोमबारे बजार गोरुबथानका संस्थापक मनिष परियार हुनुहुन्छ।यो ट्रफी आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेवापत मेटली स्पोर्टस एसोसिएसनका खेलाडी जर्सी नम्बर ७ प्रणय थापालाई प्रदान गरियो।आजको खेलको मुख्य निर्णायक उमेश शर्मा सहायक निर्णायक अलप खालिङ र अशोक रोय थियो। चौथो निर्णायकको रुपमा निरेन दर्नाल थियो।आगामी १६ अगस्त २०२४ को दिन समपन्न हुने स्वतन्त्रता दिवस नगद राशी फुटबल प्रतियोगिताको अन्तिम फाइनल खेल हेर्न आइदिन सम्पुर्ण दर्शकवृन्द, फुटबल प्रेमीलाई डायमन्ड क्लबको तर्फबाट कुन्दन प्रधानले अनुरोध पनि गरेका छन्।









