दार्जीलिङमा निःशुल्क युपीएससी कोचिङ्गको शुरुवात

IMG-20240814-WA0267

दार्जिलिङ: दार्जीलिङमा निःशुल्क युपीएससी कोचिङ्गको शुरुवात भएको छ। आज लालकोठी परिसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि दार्जीलिङ वेलफेयर सोसाइटी (डीडब्लुएस)-को संयुक्त तत्वावधानमा शुरु हुने निःशुल्क युपीएससी कोचिङको विधिवत उद्घाटन गरियो। कार्यक्रम जीटीए-का प्रमुख कार्यपाल अनित थापा अनि डीडब्लुएस-का संस्थापक हर्षवर्धन श्रीङलाको उपस्थितिमा सम्पन्न भयो। निःशुल्क युपीएससी कोचिङका कक्षाहरू १५ महिनाको निम्ति चलाइने छ। दार्जीलिङका आकांक्षीहरूलाई सफल आईएएस, आईएफएस, आईपीएस अधिकारीहरूबाट सल्लाह लिएर शीर्ष शिक्षकहरूद्वारा मेन्टरशिप प्रदान गरिनेछ। उद्घाटन कार्यक्रम पश्चात अनित थापाले भने, “यो पहल श्रीङ्ला सरको प्रयासमा शुरु गरिएको हो। यो पहल दार्जीलिङ पहाडको निम्ति ठूलो उपलब्धि पनि हो। उहाँ जस्तो व्यक्तित्व पहाडको निम्ति अभिभावक बनेर आउनु भएको छ।”

उनले थपे, “जीटीएले बाटो बनायो, अरु विकासको काम गर्यो। शिक्षामा पनि विकास हुनुपर्छ भन्ने हाम्रो सोंच छ। त्यसैले जीटीए-ले यस पहललाई स्पोन्सर गरेको छ। पहिलो चरणमा हामीले ३० लाख छुट्याएका छौं। डिमाण्ड अनुसार काम बढ्दै जानेछ।”

६० जनाले अहिले कोचिङ्गमा प्रवेश लिएका छन्। दिल्लीबाट शिक्षकहरू आएर आकांक्षीहरूलाई मेन्टर गर्नेछन्। अनलाइन क्लास दैनिक रूपमा लाग्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement