मिरिक: भारत नेपाल अन्तर्राष्ट्रीय सीमाकाे सुरक्षाकाे लागि तैनाथ आठाैं वाहिनी सशस्त्र सीमा बल खपरेलका सबै समवाय सीमा चौकीद्वारा भारत सरकारकाे दिशा निर्देशानुसार आजादीकाे अमृत महोत्सवकाे उपलक्ष्यमा “हर घर तिरंगा” थिममा विभिन्न कार्यक्रमकाे शुरूवात कमाण्डेन मितुल कुमारकाे मार्गदर्शनमा गरिएकाे छ। यस कार्यक्रम अन्तर्गत मिरिक हेलीप्याट परिसरमा लगभग २५० वटा विभिन्न प्रजातिका रूखकाे बिरुवा राेपियाे। पर्यावरण संरक्षण गर्ने उद्देश्यले उक्त बिरुवा राेपिएकाे एसएसबीले जानकारी गराउँदै याे कार्यक्रमलाई निरन्तरता दिने बताए। यस अवसरमा राष्ट्रिय झण्डा लगाउने कार्य पनि सम्पन्न गरियाे।