झापा: झापा र सुनसरीको दुई छुट्टा छुटै स्थानहरुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। झापाको हल्दिबारी गाउँपालिका-४ का ३३ बर्षीय नरेश मोक्तानलाई घर नजिकैको पैनीमा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो।
यसैगरी सुनसरीको हरिनगर गाउँपालिका-२ का ६० बर्षीय समुद्धिन मियाँ मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पुर्याउनासथ डाक्टरले मृत घोषित गरेका थिए। घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।