स्वतन्त्रता दिवसलाई लिएर एनजेपी रेलवे स्टेशनमा कठोर सुरक्षा व्यवस्था

Untitled-7-1024x576

सिलगढी: देशभरिकै विभिन्न ठाउँहरूमा ७८औ स्वतन्त्रता दिवस भव्य रूपमा पालन गरिने छ। १५ अगस्तलाई लिएर सिलगढीको एनजेपी रेलवे स्टेशनमा कठोर सुरक्षा व्यवस्था गरिदिएको छ। एनजेपी आरपीएफ एवं जीआरपी टीमले स्पेशल चेकिङ अभियान शुरू गरेको छ। एनजेपीबाट चल्ने सबै ट्रेनहरूमा स्निफर डगको सहयोगमा चेकिङ गरिँदैछ। एनजेपी रेलवे स्टेशनको आरपीएफ-ले दिएको जानकारी अनुसार १५ अगस्तलाई ध्यानमा राखेर यस प्रकारको स्पेशल चेकिङ अभियान शुरू गरिएको हो। दार्जीलिङ मेल, राजधानी लगायत विभिन्न ट्रेनहरूमा अभियान चलाइँदैछ। यस अवधि स्नीफर डगको सहयोगमा जाँच गर्नको साथै यात्रीहरूको ब्याग तथा अन्य सामानहरूको पनि चेकिङ गरिरहेको छ। स्मरण रहोस, एनजेपी रेलवे स्टेशन उत्तर पूर्वी भारतको ठुलो रेलवे स्टेशनहरू मध्ये एक प्रमुख हो। यहाँ प्रत्येक दिन हजारौं मानिसहरू आवाजाही गर्छन्। यसको साथै कुनै प्रकारको अप्रिय घटनालाई रोक्न तथा मानिसहरूको सुरक्षालाई लिएर कठोर व्यवस्था अप्नाइएको छ।

About Author

Advertisement