कप्तान रोहित अनि उनको टीमको प्रशंसा गरे पूर्व प्रशिक्षक द्रविड़ले

IMG-20240814-WA0173

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविड़ले कप्तान रोहित शर्माको सराहना गर्दै यस ३७ वर्षीय खेलाड़ीसँग काम गर्नु उनको निम्ति सौभाग्यको कुरा रहेको बताए। रोहितले वनडे र टी२० इण्टरनेशनलमा संयुक्त रूपले १४,८४६ रन बनाएका छन्। यसमा तीनवटा दोहोरो शतकको साथ ३३ वटा शतक र ८७ वटा शतक सामेल छ। आफ्नो असाधारण प्रदर्शनको साथ रोहित दुईपल्टका आईसीसी टी२० वर्ल्ड कप (२००७ र २०२४) र आईसीसी च्याम्पियन्स ट्रफी विजेता हुन्। उनको नामममा खेलको सबैभन्दा छोटो प्रारूपमा सर्वाधिक छक्का लगाउने रेकर्ड पनि रहेको छ। रोहित भारतको सफलतम टी२० कप्तान पनि हुन्। उनको कप्तानीमा भारतले ६२ वटा म्याच खेलेर ४९ वटा जितेको छ। यसरी एमएस धोनीको कप्तानीमा भारतले ७२ वटा म्याच खेलेर ४१ वटा जितेको थियो। यसरी रोहितकै कप्तानीमा भारतले यस साल बारबाडोसमा दक्षिण अफ्रिकालाई रोमाञ्चक फाइनलमा पराजित गरी टी२० वर्ल्ड कपको खिताब जितेको थियो।
द्रविड़ले रोहितलाई असाधारण लीडर बताए। द्रविड़ले भने, मेरो विचारमा रोहितसँग काम गर्नु सौभाग्यको कुरा हो। मेरो विचारमा गत अढ़ाई सालमा उनी टीमको निम्ति असाधारण लीडर रहे। मानिसहरू उनी अनि उनको टीमप्रति आकर्षित भए। उनीसँग प्रतिभाशाली खेलाड़ीहरूका साथमा प्रशंसकहरूका कमी थिएन। टेस्ट क्रिकेटमा विराट, बुमराह र अश्विनको प्रतिभा सबैले देखे। अश्विनलाई नै हेर्नुहोस्। यस उमेरमा पनि उनमा सिक्ने भोक रहेको छ। वास्तवमा म वरिपरि असल व्यक्तिहरूका एउटा समूह थियो। यसमा धेरैसँग काम गर्नु मेरो सौभाग्य रह्यो।हामी एउटा असल माहौल बनाउन सफल रह्यौं अनि यसमा मलाई गर्व छ। यसको श्रेय कप्तान र केही वरिष्ठ खेलाड़ीहरूलाई जान्छ, जसले ईमानदारीपूर्वक टीमलाई अघि बढ़ाए। उल्लेखनीय छ, द्रविड़ले यस साल जूनमा आईसीसी टी२० वर्ल्ड कप खिताबको साथ मुख्य प्रशिक्षकको रूपमा आफ्नो कार्यकालको समापन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *