झापा: एएफसी च्यालेन्ज लिगअन्तर्गत भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो।
जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ।
जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा खेल जित्न भने सकस परेको थियो।
नेपालको चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो।