एमएलए च्यालेञ्ज कपःकिर्ने फूटबल क्लब फाइनलमा पुग्न सफल

IMG-20240814-WA0136

मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार दोस्रो सेमिफाइनल म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा भएको म्याचमा किर्ने फूटबल क्लबले कञ्चनजंघा फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। म्याचमा मुख्य अतिथिको रूपमा कर्मा भूटिया (पूर्व चेयरम्यान, बील्डिंग एण्ड हाउसिंग डिपार्टमेण्ट, गवर्मेण्ट अव् सिक्किम) उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा अञ्जीता राजालिम (जिल्ला अध्यक्ष, नाम्ची)-को उपस्थिति रहेको थियो। अब १५ अगस्तमा हुने टुर्नामेण्टको फाइनलमा किर्ने फूटबल क्लब र पैयोंग फूटबल क्लबबीच भिड़न्त हुनेछ। मंगलवार म्याराथन दौड़को पनि आयोजन गरिएको थियो। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

यसरी अण्डर-१४ टुर्नामेण्टमा सदाम सीनियर सेकेण्डरी स्कूलले मल्ली सीनियर सेकेण्डरी स्कूललाई ३-१-ले पराजित गरी फाइनलमा स्थान बनायो। यसरी महिला प्रदर्शनी फूटबल म्याचमा मल्लीको महिला टीमले कालेबुङको महिला टीमलाई २-१-ले पराजित गऱ्यो। यसरी नै भेटरन्स म्याचमा नाम्ची भेटरन्सले आईडीसीसी मल्ली भेटरन्सलाई ३-१-ले पराजित गऱ्यो।

About Author

Advertisement