दार्जीलिङ: आज भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला भाजपाद्वारा तिरंगा यात्रा सम्पन्न गरिएको छ। विशेष गरी राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत दार्जिलिङमा पनि गरिएको यस कार्यक्रममा जिल्ला भाजपा अध्यक्ष कल्याण देवान, उपाध्यक्ष विनोद मोक्तान, कुमार चामलिङ, महासचिव सञ्जय बिष्ट, राजु थुलुङ राई, जिल्ला सचिव उमेश राई, प्रेम छेत्री, आईबी राई, जिल्ला सदस्य सागें भुटिया (आछु), गोपाल शर्मा गोपाल छेत्री, कलिन्दि छेत्री, मण्डल अध्यक्ष पृथ्वी शर्मा, लियोनार्ड तामाङ, ज्ञानबहादुर छेत्री, सुकबहादुर राई, सि पि गुरुङ, राजेश राई, सावित्री छेत्री वरिपरिका क्षेत्रका कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो। विशेष गोर्खा जाती राष्ट्र सर्वोपरीको भावना बोक्ने एवं राष्ट्रको निम्ति सदैव अग्रसर रहने हुनाले सदैव नै देशको निम्ति बलिदानमा अग्रसर छन् र देशको रक्षाको निम्ति सिमानामा होस् भारत स्वाधीन बनाउनमा गोर्खा जातिको योगदान महत्त्वपूर्ण छन् भन्दै तिरंगा यात्रा कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा भारतीय जनता पार्टीको पदाधिकारीहरू र कार्यकर्ताहरूले हात हातमा तिरंगा झण्डा लिएर सड़कमा निस्केका थिए। यस अवसरमा दार्जिलिङको सडक तिरंगामय बनेको थियो।