सोरेङ:
सोरेङ: एसकेएम सरकारको दोस्रो कार्यकालमा आफूलाई सर्वाधिक मतले विजयी बनाएकोमा मुख्यमन्त्री पीएस तामाङले सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका मतदाताहरूलाई धन्यवाद दिएका छन्। दोस्रो कार्यकालमा मुख्यमन्त्री भएपछि उनी सार्वजनिक कार्यक्रममा भाग लिन पहिलो पल्ट आफ्नी निर्वाचन क्षेत्र पुगेका थिए। सोरेङको जौटारमा आयोजित ७८औं स्वतन्त्रता दिवस समारोहको कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
उनले सोरेङ-च्याखुङ समष्टिका मतदाताहरुले सिक्किमको अरु निर्वाचन क्षेत्र भन्दा अत्यधिक भोट दिएर आफूलाई विजय बनाएकोमा कृतज्ञता प्रकट गर्दै सोरेङ जिल्लाका चारैवटै समष्टिका जनताले भारी मतले एसकेएम पार्टी विजय गराएकोमा सोरेङ जिल्लावासीलाई धन्यवाद दिए का छन्। “मलाई मुख्यमन्त्री बनाउन सबैभन्दा बेसी श्रेय सोरेङ-च्याखुङ समष्टिका जनतालाई जान्छ। जनताले एसकेएम पार्टीलाई २०१९-को चुनाउमा विश्वास गरेर सरकारका पुर्याएको थियो अनि २०२४-को चुनाउमा विकासको नाममा जनताले एसकेएम पार्टीलाई सरकारमा पुर्याएको हो” मुख्यमन्त्री तामाङले भने।









