खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाद्वारा खरसाङ अन्तर्गत पर्ने २८ नम्बर चिमनी देउराली खरसाङ समष्टि अनि २९ नम्बर गिद्ध पहाड़ समष्टिमा सांगठनिक धरातल बलियो अनि सुदृढ बनाउन हेतु नियूक्त गरेका पर्यवेक्षकद्वयलाई लिएर भईरहेको सांगठनिक सभालाई निरन्तरता दिन्दै खरसाङ टाउनको तत्वधानमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा महकुमा समितिको पार्टी कार्यालयमा खरसाङ टाउन कमिटीका पदाधिकारीहरू, सदस्यहरू, वार्डको सभापति , सचिव अनि कार्यकारिणीगणलाई लिएर टाउन कमिटी अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभामा सर्वप्रथम २८ अनि २९ नम्बर समष्टिकोे नयाँ नियुक्त दुइजना पर्यवेक्षकद्वय केन्द्रीय समिति सदस्य समीर दीप ब्लोन अनि खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानलाई कार्यवाहक अध्यक्ष सन्दिप बलले खदा लगाएर बधाई दिन्दै उपस्थित टाउन कमिटीका सदस्यसँग सभाका सञ्चालक तथा टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाखरीनले परिचय गराए। सभामा सर्वप्रथम सभामा उपस्थित २० वटै वार्डबाट उपस्थित प्रतिनिधिगणलाई आ आफ्नो वार्डमा सांगठनिक विषय लिएर भईरहेकाे समस्यासँगै रिपोर्ट राखिदिने आग्रह गरे। उपस्थित बीसवटा वार्डवाट उपस्थित प्रतिनिधिहरूले आ आफ्नो वार्डकोे समस्या साथै सांगठनिक विषय लिएर भईरहेको समस्यासँग जानकारी गराउँदै संगठनलाई सुदृढ बनाउन हेतु सुझाव राखे। यसरी सम्पूर्ण वार्डबाट प्रतिनिधिगणले सांगठनिक सुझाव समस्या राखेपछु वक्तव्य राख्ने क्रममा २८ नम्बर समष्टिका सभासद श्याम शेर्पाले जीटीएद्वारा सामूहिक रूपमा भईरहेको विकासमूलक कार्यहरु साथै वार्डका प्रतिनिधिहरू दर्शाएका समस्याहरुको समाधान हेतु लगातार प्रयास गर्दै नगरपालिका तथा जीटीए मिलेर समाधानको निम्ति तालमेल मिलाएर कार्य गर्नेछ भनी बताएका छन्। सभामा महकुमा समिति युवा शक्तिका सभापति पेमेन्द्र गुरुङ्गले नव नियुक्त पर्यवेक्षकद्वयलाई सांगठनिक धरातललाई अझै मजबूत बनाउनकोे निम्ति
कार्य गर्दा भईरहेकाे युवाहरूको समस्यासँग अवगत गराउँदै युवाहरु संगठनकोे मेरुदण्ड हो उनीहरुलाई अघि ल्याएर कार्य गर्नु आवश्यक छ भनी सांगठनिक सुझावहरु राखे। यसै क्रममा महकुमा समितिका अध्यक्ष तथा पर्यवेक्षक सुवास प्रधानले नगरपालिकाद्वारा जनसाधारणकोे हितमा गर्नु पर्ने कार्यहरु पर्याप्त अर्थ नभएको कारण विलम्ब भईरहेकाे बताए। उनले हाउस फर अल योजना अन्तर्गत जनसाधारणले घर बनाउनकोे निम्ति पाउनु पर्ने रहल किस्ती समयमा नपाएकोले भईरहेको समस्यालाई गम्भीरतासँग समाधान हेतु नगरपालिकाले प्रयास गरिरहेको छ र यसको निम्ति संगठनले पनि पहल गर्दै के कस्ताे समस्या हुँदै छ त्यसलाई नगरपालिकामा आएर बुझेर जनसाधारणलाई अवगत गराइदिने दिने सुझाव राखे। उनले वर्तमानमा सरकारकोे निर्देश अनुसार नगरपालिका क्षेत्रकोे जमीन खाली गराएपछि उच्छेद भएका व्यापारीवर्गकोे जरूरत मन्दहरुलाई चिन्हित गरी झट्टै उचित व्यवस्था गर्नु भनी जीटीए प्रमुख अनित थापाले दिएको आदेश बमोजिम कार्य भईरहेको बताए। सभामा सम्पूर्ण वार्डबाट उपस्थित भएका प्रतिनिधिहरूलाई धन्यवाद दिए। सभामा केन्द्रीय समितिका सदस्य तथा पर्यवेक्षक समीर दीप ब्लोनले विगत दुई हजार सात देखि दुई हजार सत्रसम्म हामी आन्दोलनकारी थिए र दुई हजार सत्र पश्चात हामी राजनीतिमा शुरू गरे। यति कम समयमा संगठनले जीटीए चुनाव बहुमतले जीते साथै पंचायत व्यवस्था पनि फर्काई ल्याए यो हाम्रो ठूलो उपलब्धी हो। अघि पनि यसरी जनताकाे निम्ति कार्य गरेर संगठनकोे धरातल बलियो बनाउनकाे निम्ति कार्य गर्नुपर्छ भनी बताएका छन्। सभालाई बीरबल पाख्रिनले सञ्चालन गरेका थिए। सभामा महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले आफ्नो वकतव्यमा अनित थापाले नियूक्त गरेका पर्यवेक्षक अनि समष्टिका सभासद सयुंक्त रूपमा कार्य गरी रिपोर्ट बनाएर बुझाउनु पर्नेछ भन्दै वक्तव्य राखे। अन्त्यमा सभाका सभा अध्यक्ष राजु शर्माले आफ्नो सम्भाषणसंगै सभा समाप्तिको घोषणा गरेका थिए।
जानकारी
संजय राउत,
प्रचार प्रसार सचिव,
टाउन कमिटी,
खरसाङ