म्यानचेष्टर: ईंग्ल्याण्ड टेस्ट टीमका कप्तान बेन स्टोक्सलाई घरेलु क्रिकेट प्रतियोगिता द हण्ड्रेड-मा खेल्दा चोट लाग्यो। यसले गर्दा उनी श्रीलंकाविरुद्ध आउँदो घरेलु टेस्ट सीरीजमा अनिश्चित बन्न पुगेका छन्। म्यानचेष्टर ओरिजिनल्सविरुद्ध नर्दर्न सुपर चार्जर्सको तर्फबाट खेल्दै रन बटुल्न दगुर्दा ३३ वर्षीय स्टोक्सको देब्रे खुट्टाको मांसपेशीमा चोट लाग्यो अनि उनले साथी खेलाड़ीहरूका सहायता लिएर मैदान छोड्नु पऱ्यो। त्यस समय उनी २ रन बनाएर खेलिरहेका थिए। उनको चोटको गम्भीरताबारे अहिलेसम्म केही पत्तो लागेको छैन अनि उनी समक्ष द्रुत फिटनेस हासिल गर्ने चुनौती हुनेछ। स्टोक्सको कप्तानीमा ईंग्ल्याण्डले गत महिना वेष्ट इण्डिजलाई तीनवटा टेस्ट म्याचको सीरीजमा ३-० ले पराजित गरेको थियो। श्रीलंकाविरुद्ध सीरीजको पहिलो टेस्ट म्याच २१ अगस्तदेखि ओल्ड ट्रेफर्डमा शुरु हुनेछ। यस सीरीजको तेस्रो तथा अन्तिम टेस्ट म्याच ६ सेप्टेम्बरदेखि ओवलमा खेलिनेछ। यसरी उनले श्रीलंकाविरुद्ध पहिलो टेस्ट म्याच खेल्न सक्ने सम्भावना कम्ती नै रहेको छ।