एमएलए च्यालेञ्ज कपःकरण राईको गोलले पैयोंग फूटबल क्लब फाइनलमा

IMG-20240812-WA0280

मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार पहिलो सेमिफाइनल म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा आज भएको म्याचमा पैयोंग फूटबल क्लबले चाखुंग स्पोर्ट्स एसोसिएशनलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल गर्ने फरवर्ड करण राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा मुख्य अतिथिको रूपमा लोकनाथ नेपाल (एमएलए, गेजिंग बर्मोइक) उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा एनबी प्रधान (एमएलए, मल्ली) र अञ्जीता (जिल्ला अध्यक्ष, नाम्ची)-को उपस्थिति रहेको थियो। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। यसरी अण्डर-१४ टुर्नामेण्टमा मल्ली गुम्बा सीनियर सेकेण्डरी स्कूलले ईएमआरएस-लाई २-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement