गान्तोक: भारतीय कृषि अनुसन्धान केन्द्रका प्रमुख डा रामगोपाल देवदास, वरिष्ठ वैज्ञानिक डा. प्रकाश शर्मा र पूर्व सिक्किम कृषि विज्ञान केन्द्रका अधिकारीहरुको सक्रिय पर्यवेक्षणमा 109 प्रजातिका फसल सम्बन्धी कार्यक्रम सम्पन्न भयो। उक्त कृषि योजनाको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले अगावै गरिसकेका छन्। सो योजनालाई कृषकहरुको हितमा प्राथमिकता दिने उद्देश्य राख्दै बागवानी र कृषि बालीहरुबारे जानकारी दिइएको थियो। उक्त बाली प्रजातिहरू भारतीय कृषि अनुसन्धान परिषदद्वारा विकसित गरिएको हो। भारतीय खेती प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने ठूलो क्षमतालाई केन्द्र गर्दै केन्द्र सरकारले राज्य सरकारको सहयोगमा योजनालाई कार्यान्वयन गर्ने तयारी गरेको छ। यसमा उच्च उपज, जलवायु सापेक्ष र जैविक विशेषताहरू जोड़िएको जानकारी आजको कार्यक्रममा बताइएको छ। प्रधानमन्त्रीको लक्षित कार्यक्रमलाई वर्तमान कृषि क्षेत्रमा आवश्यकता मानिएको छ। यस कार्यक्रमको संयोजन पूर्व जिल्ला कृषि विज्ञान केन्द्रले गरेको हो। कार्यक्रममा कृषि विशेषज्ञहरू बोनिफेस लेप्चा, डा. जनक सिंह, डा स्वप्नारानी, अनुश्री गोगोई, डा आकांक्षा र डा. एसआर प्रधान उपस्थित थिए। कार्यक्रममा “सीएफएलडी कार्यक्रम अन्तर्गत कालो चानाको बीउ पनि वितरण गरियो। कार्यक्रमको शुरुमा वैज्ञानिक बोनिफेस लेप्चाले कृषकहरुलाई कार्यक्रमको महत्वबारे बताए भने १०९ फसलका प्रजाति र यसको कृषिमैत्री विशेषताहरूबारे जानकारी दिए। त्यसपछि अर्का अधिकारी डा. जेके सिंहले कृषकहरूलाई जलवायु अनुकूल प्रविधि अप्नाउन जोड दिँदै यस फसलले माटोको उर्वराशक्ति र समग्र स्वास्थ्यमा वृद्धि गर्ने क्षमता भएकाले खेतीमा ध्यान राख्न सपज हुने उल्लेख गरे। डा. स्वप्नारानीले फलफूलको उत्पादनमा व्यवस्थापनको अभ्यासबारे प्रकाश पारिन्। त्यसैगरी पारम्परिक खेती प्रणालीमा जलवायु अनुकुल प्रजातिका फसललाई अप्नाउनुपर्ने विषयमा जोर दिइन्। उनले जैविक खेतीलाई उच्च लाभकारी व्यवसायमा पुर्या उन कृषकहरूलाई आग्रह गरे। पूर्व जिल्ला कृषि विज्ञान केन्द्रका अधिकारीहरुले केन्द्र सरकारको कार्यक्रमहरुबाट ग्रामीण कृषकहरुले लिनुपर्ने लाभबारे विस्तृत जानकारी गराए। अधिकारीहरुले कृषकहरुको प्रश्नहरुको जवाफ पनि दिए। कार्यक्रममा कृषकहरुलाई विभिन्न जैविक फसलका बिउहरु प्रदान गरिएको थियो।








