झापा गरामुनीमा सर्पले डसेर वृद्धाको मृत्यु

IMG-20240811-WA0255

झापा (नेपाल): झापाको बिर्तामोड नगरपालिका-७ गरामुनी स्थित मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको छ। आज बिहान करिब ७ बजे आफ्नै भण्डार कोठामा जाँदा गोमन सर्पले उनको दाहिने खुट्टामा डसेको थियो। सर्पले डसेपछि उनलाई तुरुन्तै सर्पदंश उपचार केन्द्र, चारआली लगिएको थियो। शरीरमा विष फैलिसकेकोले त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याउँदै गर्दा बिहान ९: २५ बजे उनको बाटैमा मृत्यु भएको पुलिसले जनाएको छ। घटनाको बारेमा पुलिसले अनुसन्धान गरिरहेको पुलिसले जनाएको छ।

About Author

Advertisement