लंकापाड़ामा ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट १५ अगस्तदेखि

IMG-20240811-WA0157

लंकापाड़ा: अलिपुरद्वार जिल्लाअन्तर्गत लंकापाड़ा टी गार्डनमा मिलन क्लबको तत्त्वावधानमा ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट १५ अगस्तदेखि शुरु हुनेछ। लंकापाड़ा मिलन क्लब खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा डिमडिमा फूटबल क्लब र दालमोड़बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ सेप्टेम्बरमा हुनेछ।

About Author

Advertisement