नयाँ दिल्ली: पूर्व भारतीय शूटर तथा ओलम्पिकको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता अभिनव बिन्द्रालाई पेरिसमा प्रतिष्ठित ओलम्पिक अर्डर-ले सम्मानित गरियो। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-को १४२औं सत्रमा बिन्द्रालाई सम्मानित गरियो। ओलम्पिक अर्डर आईओसी-को तर्फबाट प्रदान गरिने सर्वोच्च सम्मान हो। बिन्द्राभन्दा अघि पूर्व भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई पनि ओलम्पिक अर्डर-ले सम्मानित गरिएको थियो। ओलम्पिक खेलहरूमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई यसले सम्मानित गरिन्छ। ४१ वर्षीय बिन्द्रा २००८-को बेजिंग ओलम्पिकमा पुरुषहरूका १० मीटर एयर राइफल प्रतियोगितामा खिताब जितेर ओलम्पिकको कुनै व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो भारतीय बनेका थिए। उनी २०१०-देखि २०२०-सम्म अन्तर्राष्ट्रिय शूटिंग खेल महासंघ (आईएसएसएफ)-को एथलीट समितिका सदस्य थिए। २०१४-देखि उनी यसमा अध्यक्षको रूपमा कार्यरत थिए। उनी २०१८-देखि आईओसी एथलीट आयोगका सदस्य हुन्।
ओलम्पिक अर्डर आईओसी-को सर्वोच्च पुरस्कार हो, जुन ओलम्पिक आन्दोलनमा विशिष्ट योगदानको निम्ति प्रदान गरिन्छ। यो त्यस व्यक्तिलाई सम्मानित गर्नको निम्ति दिइन्छ जसले आफ्नो कार्यहरूको माध्यमले ओलम्पिकको आदर्शलाई दर्शाएका हुन्छन् या ओलम्पिकको निम्ति आफ्नो व्यक्तिगत उपलब्धि या खेलको विकासमा आफ्नो योगदानको माध्यमले उत्कृष्ट सेवाहरू दिएका हुन्छन्। यसको नामांकन ओलम्पिक अर्डर काउन्सिलद्वारा प्रस्तावित गरिन्छ अनि कार्यकारी बोर्डद्वारा त्यसमाथि निर्णय लिइन्छ। भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई १९८३-मा यसले सम्मानित गरिएको थियो।