झापा: हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको छ। हल्दिबारी ३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ बर्षिया शिक्षीका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आज दिउसो मृत्यु भएको परिवारजनले बताएका छन्।
बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी स्वर्गीय दाहालका श्रीमान् र एक छोरा, एक छोरी रहेका छन्। उनको प्रर्थिक शरिरलाई भोली विहान १० बजे हल्दिबारी ४, मणीपुरे टोलबाट दाहासंस्कारको लागि देउनिया घाट रंगेडाँडा लगिने परिवारजनले बताएका छन्।
सामान्य ज्वरो आएर उपचालको लागि मेची प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुदैं थप उपचारको लागि विएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज निधन भएको हो।