विपद्मा परी नेपालमा हालसम्म १ सय ७० जनाको मृत्यु

IMG-20240810-WA0186

झापा: अविरल वर्षाका कारण गत मई ८ देखि नेपालका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शुक्रबारदिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको छ।
विपद्मा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन्। काठमांडूमा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन्।
बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

About Author

Advertisement