पेरिस ओलम्पिक २०२४:पुरुष र महिला रिले टीम फाइनलमा स्थान बनाउन असफल

IMG-20240810-WA0138

पेरिस: भारतीय पुरुष र महिला ४ गुणा ४०० मीटर रिले टीमको पेरिस ओलम्पिकमा प्रदर्शन निराशाजनक रह्यो अनि दुवै टीमले फाइनलको निम्ति क्वालीफाई गर्न सकेन। भारतीय पुरुष ४ गुणा ४०० मीटर रिले टीम हीट लेसमा १०औं स्थानमा रहँदा अन्तिम राउण्डमा स्थान बनाउनदेखि चुक्यो। मोहम्मद अनस याहिया, मोहम्मद अजमल, अमोज जेकब र राजेश रमेशको भारतीय टीमले सीजनको सर्वश्रेष्ठ समय (३ मिनट ०.५८ सेकेण्ड)-मा रेस पूरा गरे पनि दोस्रो हीटमा सातौं स्थान हासिल गऱ्यो। यसरी १६ वटा टीमहरूमा भारतीय पुरुष टीम समग्रमा १०औं स्थानमा रह्यो। दुईवटा हीटबाट प्रत्येकमा शीर्ष ३-मा रहने टीम र दुवै हीटमा अघिल्लो दुईवटा सबैभन्दा तेज टीमले फाइनल राउण्डमा स्थान बनाउँछ। बोत्सवाना (२ मिनट ५७.७६ सेकेण्ड), ब्रिटेन (२ मिनट ५८.८८ सेकेण्ड) र अमेरिका (२ मिनट ५९.१५ सेकेण्ड)-को टीम शीर्ष तीनमा रह्यो जबकि जापान (२ मिनट ५९.०५ सेकेण्ड) चौथो स्थानमा रह्यो। भारतको एशियन रेकर्ड २ मिनट ५९.०५ सेकेण्डको रहेको छ, जुन २०२३ बुडापेस्ट वर्ल्ड च्याम्पियनशीपको अवधि बनिएको थियो। भारतीय एथलेटिक्स महासंघ (एएफआई)-लाई पुरुषहरूका ४ गुणा ४०० मीटर रिले टीमले फाइनलमा स्थान बनाउने आशा थियो तर अन्तमा त्यस्तो हुन सकेन। यसरी भारतको महिलाहरूकी ४ गुणा ४०० मीटर रिले टीम पनि पहिलो हीटमा हिस्सा लिने १६ वटा देशहरूमा १५औं स्थानमा रहेर फाइनलमा स्थान बनाउनदेखि चुक्यो। विथ्या रामराज, ज्योतिका श्री दाण्डी, एमआर पूवम्मा र सुभा वेंकटेशनको टीमले ३ मिनट ३२.५१ सेकेण्डमा रेस पूरा गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement