विनेशलाई ४ करोड़ रुपियाँको पुरस्कार दिइने

IMG-20240810-WA0126

नयाँ दिल्ली: पेरिस ओलम्पिक खेलहरूमा महिलाहरूकी ५० किग्रा वर्गको फ्रीस्टाईल कुश्तीको फाइनल शुरु हुन केही घण्टा अघि १०० ग्राम ओजन अधिक भएकोमा भारतीय पहलवानलाई विनेश फोगाटलाई डिस्क्वालीफाई गरिएको थियो। यसैकारण उनले दुर्भाग्यजनक तरिकाले स्वर्ण पदक जित्ने सुनौलो मौका गुमाएकी थिइन्। यसबीच हरियामा सरकारले विनेशलाई पदक विजेता खेलाड़ी झैं स्वागत गर्ने अनि अन्य सुविधाहरू दिने घोषणा गरेको छ। राज्यका मुख्यमन्त्री नायब सैनीले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा लेखेका छन्, हरियाणाकी बहादुर छोरी विनेश फोगाटले असाधारण प्रदर्शन गर्दै ओलम्पिकको फाइनलमा प्रवेश गरिन्। कुनै कारणले उनी फाइनल खेल्न सकिनन् तर उनी हामी सबैको निम्ति च्याम्पियन हुन्। विनेश फोगाटसलाई पदक विजेतालाई झैं स्वागत र सम्मान दिइनेछ। हरियाणा सरकारले ओलम्पिकमा रजत पदक जित्नेलाई जुन सम्मान, इनाम र सुविधाहरू दिने गर्छ, यी सबै विनेश फोगाटलाई पनि दिइनेछ। सरकारको तर्फबाट विनेशलाई ४ करोड़ रुपियाँ दिइनेछ। यसबाहेक सरकारी नोकरीको पनि घोषणा गरिएको छ। यसबाहेक पञ्जाबको जालन्धरस्थित लवली प्रोफेशनल यूनिभर्सिटीले पनि विनेश फोगाटलाई २५ लाख रुपियाँको नगद पुरस्कार दिने घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement