सिलगढी: कोलकाताको आरजी कर अस्पतालमा एक महिला जुनियर डाक्टरको हत्याको विरोधमा सिलगढीमा शोक र्याली निकालिएको छ। दोषीलाई कडा कारबाही गर्न पनि माग गरिएको छ। कोलकाताको आरजी कर अस्पतालमा एक महिला जुनियर डाक्टरको शव शंकास्पद अवस्थामा भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ। यस गम्भीर विषयमा अनुसन्धान गर्न पुलिसले एसआईटी गठन गरेको छ। प्रारम्भिक पोस्टमार्टम रिपोर्टले कोलकाताको आरजी कर अस्पतालमा एक महिला जुनियर डाक्टरको बलात्कार र हत्याको घटनामा नयाँ मोड आएको छ। प्रारम्भिक पोस्टमार्टम रिपोर्टले डाक्टरको बलात्कार र हत्या भएको औंल्याएको छ। पुलिसले पनि यसलाई अस्वीकार गर्दैन। अस्पताल स्रोतका अनुसार डाक्टरको शव अर्धनग्न अवस्थामा भेटियो। गोप्य अंगमा चोटपटक देखिएको छ। त्यहाँबाट तरल पदार्थ फेला परेको छ, जसलाई अनुसन्धानका लागि पठाइएको छ। मृतकको अनुहारबाट रगत बगिरहेको थियो। घाँटी र दाहिने हातको औंलामा चोटपटक देखिएको छ। -न्यूज एसिया
यस विषयमा अस्पताल व्यवस्थापनको भूमिका पनि शंकास्पद देखिन्छ। मृतक जुनियर डाक्टरका परिवारले छोरीको आत्महत्याबारे अस्पतालले नै जानकारी दिएको आरोप लगाएका छन्। उनले यो घटनालाई दबाउन चाहेका छन्। महिला डाक्टरको शव भेटिएपछि आरजी कार मेडिकल कलेजका विद्यार्थीले हंगामा मच्चाएका छन्। घटनापछि आक्रोशित अस्पतालका जुनियर डाक्टरहरु आन्दोलनमा उत्रिएकाले अस्पतालको आकस्मिक सेवा अवरुद्ध भएको छ।