नशामुक्त भारत अभियानअन्तर्गत ब्याडमिन्टन प्रतियोगिताको आयोजना

IMG-20240809-WA0289

मंगन: मंगन जिल्लाको सामाजिक कल्याण विभागको पहलमा नशामुक्त भारत अभियान अन्तर्गत एक दिवसीय बेडमिन्टन प्रतियोगिता आयोजना गरियो। मंगन जिल्लाको नगर पञ्चायत भवनमा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा मंगन नगर पञ्चायतकी पार्षद छिरिङ डोमा भोटिया रहेकी थिइन् भने विशिष्ट अतिथिमा जिल्लापाल अन्नत जैन लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य युवाहरूलाई लागुऔषधबाट टाढा राख्नकासाथै उनीहरूलाई स्वास्थ्य जीवनशैली बिताउनको निम्ति प्रेरित गर्नु रहेको थियो। खेल शुरू हुन भन्दा अघि जिल्लापालले सबै खेलाडी साथै उपस्थित मानिसहरूलाई नशालु पदार्थ मुक्त समाज निर्माणको निम्ति शपथ ग्रहण गराए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले यस कार्यक्रममा उपस्थित भइ खेलाडीहरूलाई मनोबल प्रदान गरेकोमा धन्यवाद दिए। यस कार्यक्रमको प्रमुख लक्ष्य भनेको युवा खेलाडीहरूलाई अवसर प्रदान गर्नु र उनीहरूलाई नशालु पदार्थको सेवनबाट टाडा राख्नु रहेको बताए। आजको यस प्रतियोगितामा कूल ३८ जना खेलाडीहरूले सहभागिता जनाएका थिए, जसमा पुरूषवर्गको डबलमा अदित्य थापा र बेनु सुब्बा रहेका थिए भने मिक्स डबल्समा किपु लेप्चा र बेनु सुब्बा रहेकी थिइन्। यस प्रतियोगितामा विजयी हुने दललाई नगद चार हजार र उपविजयी टोलीलाई दुई हजार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement