मंगनमा बाल अधिकारबारे समन्वय बैठक

IMG-20240809-WA0290

मंगन: मंगनका जिल्लापाल अन्नत जैनको अध्यक्षतामा आज जिल्ला स्तरीय समन्वय सभा पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। उक्त सभामा मंगन जिल्लाका पुलिस अधिक्षक सोनम देट्छु भोटिया, अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पालगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै डीसीपीओ वेन्डी एम लेप्चाले वात्सल्य योजना भन्दाअघि एकीकृत बाल संरक्षण योजना र विभाग अन्तर्गत अन्य जिल्ला-स्तरीय समितिहरू अन्तर्गतको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरे। उनले जानकारी गराए अनुसार सिक्किममा यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन अन्तर्गत महत्त्वपूर्ण संख्यामा मुद्दाहरू छन् र एकीकृत बाल अन्तर्गत प्रदान गरिएको गैर-संस्थागत र संस्थागत पुनर्स्थापना सेवाहरू, हेरचाह गर्नुपर्ने विषयमाथि प्रकाश पारिन्। जिल्लापाल जैनले विभिन्न समितिको आफ्नो जिम्मेवारी र भूमिकामाथि प्रकाश पारे। उनले वात्सल्य समितिको उद्देश्य आवश्यक परेको बेलामा बालबालिकालाई सहयोग गर्ने , कम्पनीहरूमा यस्ता घटनाहरू पहिचान गर्न जिल्ला कार्यदलको भूमिका र जिल्ला बालविवाह रोकथाम समितिको आगामी सचेतना कार्यक्रमहरूलाई प्रकाश पारे। उनले जिल्ला निरीक्षण समितिका सदस्यहरूसँग छलफल गर्दै विशेष गर्दै काख लिनेहरूको निम्ति यस समितिले निरीक्षण गर्नुपर्ने जानकारी गराए। उनले १८ वर्ष र माथिका व्यक्तिहरूलाई काख लिनको निम्ति कानुनी समस्याहरूबाट वञ्चित रहनको निम्ति विभिन्न प्रकारको सुझाउ दिए। सोही क्रममा परियोजनाका संयोजक भुवन राईले वाल सहयोग नम्बर १०९८ बारे पिन जानकारी गराउने बाल दुर्व्यवहारमाथि पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराए।

About Author

Advertisement