नक्सलबारीमा महकुमा प्रशासनद्वारा विश्व आदिवासी दिवस पालन   

IMG-20240809-WA0210

सिलगढी: राज्यका विभिन्न जिल्लाहरू जस्तै दार्जीलिङ जिल्लाको नक्सलबारीमा पनि जिल्ला प्रशासनद्वारा विश्व आदिवासी दिवस मनाइएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले झारग्राममा विश्व आदिवासी दिवसको अवसरमा राज्यस्तरीय कार्यक्रमको उद्घाटन गरेकी छन्।

त्यसपछि आज विश्व आदिवासी दिवसको अवसरमा विभिन्न जिल्लामा कार्यक्रम शुरु भएको छ भने नक्सलबारीको सामुदायिक हलमा ढाकढोल, अनुसूचित जनजाति प्रमाणपत्र र बिरुवा वितरण गरिएको छ। जिल्लापाल प्रीति गोयल, सिलगढी महकुमा सभाधिपति अरुण घोष, महकुमा अधिकारी अवध सिंघल, सहायक अध्यक्ष रोमा रेशमी एक्का र अन्य अधिकारीहरूले आदिवासीहरूका लागि विभिन्न चिया बगानहरूमा सामुदायिक हलहरू निर्माण गरिने बताए।

विभागीय परिषदले आदिवासी बहुल क्षेत्रको विकासका लागि १३ करोड रुपियाँ प्राप्त गरेको छ। छिट्टै काम शुरु हुनेछ। आज सिलगढी विभाग परिषदका  सहकारिता अध्यक्ष पनि आदिवासी नृत्यमा सहभागी भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement