मिरिकको आले खेल मैदानमा फुटबल प्रतियोगिता जारी

IMG-20240809-WA0238

मिरिक: मिरिक स्वतन्त्रता दिवस कार्यक्रम आयाेजना समितिकाे आयाेजनामा मिरिक आले खेल मैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियाेगिताकाे महिला वर्गमा मिरिक स्नाे ड्रप स्कूल र ब्रजधारा मेमाेरियल स्कूलमाझ भयाे। निर्धारित समयसम्म पनि दुवै दलले गाेल गर्न नसकेपछि ट्राइब्रेकरद्वरा खेलकाे परिणाम आयाे जसमा तीनकाे विरूद्ध चार गाेल गरी स्नाेड्रप अंग्रेजी स्कूल बिजय बनेर प्रतियोगिताको अघिल्लाे चरणमा पुगेकाे छ। उक्त खेलकाे मुख्य अतिथि नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरूङ थिए भने अतिथिहरू नारीशक्ति मिरिक थर्बु डुप्टिन अध्यक्षा किरण सुब्बा भोटिया अनि सियाेक गाेपालधारा ओकेटी समष्टि अध्यक्ष सम्झाैता राई उपस्थित थिए। साेही दिन पुरूष वर्गमा लुविस अंग्रेजी स्कूल बनाम डनबस्को स्कूलमाझ भिडान्त भयाे जसमा शून्यकाे विरूद्ध एक गाेलले लुविस अंग्रेजी स्कूल विषय बनेको छ। आयाेजक समिति खेलकूद विभागका प्रभारी निङमा लेप्चाले महिलावर्गकाे फाइनल खेल १३ अगस्त अनि पुरूष वर्गकाे फाइनल खेल १५ अगस्तमा हुनेछ भनी बताएका छन्।

About Author

Advertisement