खरसाङ: खरसाङको अम्बटे चियाबारीस्थित बसेरी गाउँमा अवस्थित प्रसिद्ध गौमुखी शिवधाममा अहिले श्रवण महिनाभरिनै श्रद्धालुहरू आउने क्रम यथावत् छ। यद्यपि मन्दिरसम्म पुग्ने बाटो अत्यन्तै जीर्ण अनि दयनीय भएको कारण भक्तजनको सङ्ख्यामा धेरै कमी आएको मन्दिरका पुरोहित पुण्य प्रसाद शर्माले बताएका छन्। उनले हाल सबैको सहयोगले भक्तजन मन्दिरमा आएर पूजा अर्चना गर्न सुविधा भए तापनि भक्तजन आउने सडक बनिए अझ उनीहरूलाई सुविधा हुने बताएका छन्।

पुरोहित शर्माले विशेषगरी श्रवण महिनामा भगवान शिवको पूजा अर्चना गरिनुको महत्वबारे पनि अवगत गराए औ यो महिनाको अन्तिम सोमवार भव्य रूपमा पूजा अनुष्ठानको कार्यक्रम हुने जानकारी गराउँदै सबै भक्तजनहरूलाई उपस्थित भइदिने आग्रह पनि गरेका छन्।