पश्चिम बंगाल सरकारको आत्मरक्षा योजना ‘रानी लक्ष्मीबाई आत्मरक्षा प्रशिक्षण’ विभिन्न विद्यालयहरूमा सञ्चालन

photocollage_202489164633379

खरसाङ: पश्चिम बंगाल सरकारको आत्मरक्षा योजना ‘रानी लक्ष्मीबाई आत्मरक्षा प्रशिक्षण’ को नाममा, दार्जिलिङ जिल्ला जीटीएका विभिन्न भागहरूमा सञ्चालन भइरहेको छ। दार्जिलिङ सदर, दार्जिलिङ अर्बन, खरसाङ, लोधोमा, मिरिक, मङ्पू, पुलबजार, रंगली-रंग्लीयट, सोनादा र सुखिया पोखरी गरी १० वटा सर्कलमा चलिरहेको जानकारी प्राप्त भएको छ। यो योजना धेरै विद्यालयहरूमा सफलतापूर्वक सम्पन्न भइसकेको छ र अझै धेरै सर्कलहरू पूरा गर्न बाँकी छ। सेन्सी सन्दीप प्रधानले यस योजनाको सञ्चालनको जिम्मेवारी पाएका छन् जसले यो योजना हाम्रो क्षेत्रका सक्षम र वास्तविक मार्सल आर्टिस्टहरू बीचमा बाँढेका छन् ताकि दार्जिलिङ जिल्लाका हरेक कुनाका प्रत्येक प्रशिक्षकले यस योजनाको लाभ लिन सकून् र छात्राहरूले उचित तालिम र ज्ञान प्राप्त गरेर आपतकालीन समयमा आफ्नो रक्षा गर्न सकून्। उनले तालिम सञ्चालनका लागि नियुक्त भएका प्रशिक्षकहरुलाई सहयोग गर्न सबै विद्यालय प्रमुखहरुलाई आग्रह समेत गरेका छन्। यो आत्मरक्षा तालिम अहिलेसम्म खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, डाउहिल स्कूल, महानदी हाई स्कूल, स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालय, सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, मञ्जु जुनियर हाई स्कूल, थर्बु उच्चत्तर माध्यमिक विद्यालय, आगमसिंह गिरी मेमोरियल उच्चत्तर माध्यमिक विद्यालय, चुङथुङ उच्चतर माध्यमिक विद्यालय, गोक हाई स्कूल, कर्माटार माध्यमिक शिक्षा केन्द्र, रेलिङ उच्चतर माध्यमिक विद्यालय र सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न भइसकेको छ।

About Author

Advertisement