जलपाईगढी: सब्जी बजारबाट घर फर्कने क्रममा एसियन हाइवेमा एक युवक दुर्घटनाको शिकार भएका छन्। उनी लामो समयसम्म सडकको छेउमा रगतमा लतपतिएका थिए। घटना बिहीबार साँझ धुपगुरी थाना अन्तर्गत डुडुआ ब्रिज नजिक भएको बताइएको छ, घाइते युवकको नाम रहिदुल इस्लाम (३८) रहेको छ, उनी चामरागुडम आधारपाडाका निवासी हुन्। पसलबाट सब्जी लिएर घर जाँदै गर्दा गुडिरहेको गाडीले ठक्कर दिँदा उनी केही बेर सडक छेउमा बेहोस भएको बताइएको छ।

घटनाको खबर पाएलगत्तै स्थानीयवासीले दुर्घटनास्थल पुगेर रगतले लतपतिएका युवकलाई बचाएर धुपगढी डिभिजन अस्पतालमा पुर्याए। दुर्घटनाका कारण स्थानीयले करिब आधा घण्टा सडक अवरुद्ध पारेर विरोध गरेका थिए। पछि धुपगढी पुलिस आएर जाम हटायो। स्रोतका अनुसार युवकको अवस्था गम्भीर भएकाले उनलाई धुपगढी डिभिजनल अस्पतालबाट सिलगढी रेफर गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान गर्नुका साथै गाडीको खोजी भइरहेको धुपगढी थानाले जनाएको छ।