गजल

00-1-Gazal

शासकहरूको मनमा ढ्यांग्रो बजिरहेको होला यतिखेर

निकृष्ट परिणामको आशंका सजिरहेको होला यतिखेर

ईश्वर,अल्लाह,जीजस् नठान्नु ए शासक हो आफूलाई!

जनताले तिमी विरूद्ध क्रान्ति रचिरहेको होला यतिखेर

हेर,बुझ,चिन्तन-मनन गर बंगलादेशलाई हेरेर छेउबाट

क्षणभरमै नामेट हुन्छौ आगो सल्किरहेको होला यतिखेर

हरेक थोकको सीमा भए जस्तै सहनुको पनि सीमा हुन्छ

होश गर,न्याय देऊ त्यो चोट बल्झिरहेको होला यतिखेर

हामी‘ नि उपेक्षित,किनारिकृत छौं गणतान्त्रिक यो देशमा

धेर उपेक्षाले आहत यो मन घच्घचिरहेको होला यतिखेरll

About Author

Advertisement