पेरिस ओलम्पिक २०२४:ज्याभलिन थ्रो-मा नीरजले जिते रजत पदक

IMG-20240809-WA0137

पेरिस: भारतका स्टार ज्याभिन थ्रो एथलीट नीरज चोपड़ाले पेरिस ओलम्पिक २०२४-मा रजत पदकमै चित्त बुझाउनु पऱ्यो। उनले यसपाली टोक्यो ओलम्पिकको सफलतालाई दोहोऱ्याउन सकेनन्। भारतीय समयानुसार बिहीवार अबेर राति भएको पुरुष ज्याभलिन थ्रो स्पर्धाको फाइनलमा पाकिस्तानका अरशद नदीमले आफ्नो दोस्रो प्रयासमा ९२.९७ मीटरको रेकर्ड थ्रो गरी स्वर्ण पदक जिते। यसअघि ओलम्पिकको इतिहासमा सर्वश्रेष्ठ थ्रो-को रेकर्ड नर्वेका एण्ड्रियास थोरकिल्दसनको नाममा रहेको थियो। उनले ९०.५७ मीटरको थ्रो गरेका थिए। यसरी नीरजले आफ्नो दोस्रो प्रयासमा ८९.४५ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थानमा रहेर रजत पदक जिते। काँस्य पदक जित्ने ग्रेनाडाका एण़्डरसन पीटर्सको सर्वश्रेष्ठ थ्रो ८८.५४ मीटरको रह्यो। नीरजले यसअघि टोक्यो ओलम्पिकमा ८७.५८ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ स्वर्ण पदक जितेका थिए तर पेरिसमा ८९.४५ मीटरको थ्रो गरेर पनि उनले स्वर्ण पदक जित्न सकेनन्। स्पर्धाको फाइनलमा नीरज र नदीम दुवैले फाउलको साथ शुरुवात गरे तर पाकिस्तानका नदीमले दोस्रो प्रयासमा ओलम्पिक रेकर्ड तोड़ेर आफ्नो दावेदारी मजबूत गरे। नीरजले पनि दोस्रो प्रयासमा यस सत्रको आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरे तर नदीमलाई उछिन्न सकेनन्। नीरजले केवल एउटा सफल प्रयास गर्न सके अनि ६-मा उनको ५ वटा प्रयास फाउल रह्यो। यसरी आफ्नो दोस्रो थ्रो-मा ओलम्पिक रेकर्ड तोड़्ने पाकिस्तानका नदीमले आफ्नो छैटौं तथा अन्तिम प्रयासमा पनि ९१.७९ मीटरको थ्रो गरी सबैलाई चकित पारे।

पेरिसमा स्वर्ण जित्न नसके पनि नीरज स्वतन्त्रतापछि ओलम्पिकको एथलेटिक्समा २ वटा पदक जित्ने पहिलो भारतीय बने। यसअघि १९००-मा नर्मन प्रिचर्डले एथलेटिक्समा २ वटा पदक जितेका थिए तर उनी ब्रिटिश मूलका थिए। यसरी नीरजले पेरिसमा भारतलाई समग्रमा पाँचौं अनि पहिलो रजत पदक दिलाए। भारतले नीरजको रजत बाहेक शूटिंगमा तीनवटा अनि पुरुष हकीमा एउटा काँस्य पदक जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement