बी सेवेन फूटबल क्लब सजिलै सेमिफाइनलमा

photocollage_202489115113107

गोरुबथान: डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा बी सेवेन फूटबल क्लब, मालबस्तीले सजिलै सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा बिहीवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा बी सेवेन फूटबल क्लबले एमबीएफसी, मैनागुड़ीलाई ५-०-ले पिट्यो। विजेता टीमबाट म्याचको पाँचैवटा गोल गर्ने करण छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा उमेश शर्मा मुख्य रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा अलोप राई र अशोक रोय रहेका थिए। निरेन दर्नाल फोर्थ अफिसियल थिए। शुक्रवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा ३/९ गोर्खा राइफल्स र यूएफएससीए-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १६ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक डायमण्ड क्लबका सचिव प्रतीथ परियारले बताएका छन्।

About Author

Advertisement