नेपालमा जेठयता बाढीपहिरोबाट १६५ जनाको मृत्यु

IMG-20240809-WA0105

झापा: यस वर्ष मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट नेपालमा एक सय ६५ जनाको मृत्यु भएको छ। गत जुन 3 देखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरू भएका छन्।
जसबाट गुरुबार अपराह्न ३ बजेसम्म १६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार अपराह्न ३ बजेदेखि गुरुबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बागलुङको बडिगाड गाउँपालिका-१० मा गएको पहिरोका कारण ७ जनाको मृत्यु भएको थियो। गुल्मीको मुसिकोट नगरपालिका-१ मा गएको पहिरोले चार जनाको मृत्यु भएको हो।
प्रहरीको तथ्यांकअनुसार पहिरोबाट १२ जना घाइते र चार जना बेपत्ता थिए। बेपत्ताहरू चारै जना बागलुङकै थिए। जसमध्ये तीन वर्षीय आरूष थापाको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। अन्यको खोजी भइरहेको छ।
बाढी, पहिरो लगायतका विपद्‍मा परी जुन यता काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६५ जनाको मृत्यु भएको हो।
साथै काठमांडू भ्यालीमा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
साथै काठमांडू भ्यालीमा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्धार गरिएको छ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्।
२ सय ६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय ५० वटा पशु चौपाय मरेका छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।
यसपटक औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गत जुन १ मा नै गरिएको थियो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखा, हावापानी विश्लेषण शाखामा अनुसार अहिलेसम्म १ हजार १०१. मिलिमिटर वर्षा भएको छ। २० वटा मौसम केन्द्रहरूमा मापन भएको सञ्चित वर्षाहरूको आधारमा यो औसत मान निकालिएको हो।
अहिलेसम्म सरदर वर्षाको ६८.४ प्रतिशत पानी परेको हावापानी विश्लेषण शाखाले जनाएको छ।
शाखाका अनुसार जुलाईसम्म सरदरभन्दा कम वर्षात् भएको थियो। २ जुन पछाडि भने सरदरभन्दा बढी वर्षा भएको शाखाले विश्लेषण गरेको छ।
केन्द्रगत वर्षाको विश्लेषण गर्दा भैरहवामा सरदरभन्दा बढी वर्षा भएको छ। लुम्लेमा सरदरभन्दा कम, धनकुटामा सरदरभन्दा कम, डडेलधुरामा सरदरभन्दा बढी वर्षा भएको छ।
धरानमा सरदरभन्दा बढी, जिरीमा सरदरभन्दा कम वर्षा भएको छ। दाङमा सरदरभन्दा बढी, सिमरा केन्द्रमा सरदरभन्दा कम वर्षा मापन भएको छ। जुम्लामा सरदरभन्दा कम, जोमसोममा पनि सरदरभन्दा कम वर्षा भएको छ। काठमांडूमा सरदरभन्दा बढी, दिपायलमा सरदरभन्दा बढी, ओखलढुंगा र धनगढीमा पनि सरदरभन्दा बढी वर्षा भएको छ। पोखरामा सरदरभन्दा बढी र जनकपुरमा सरदर वर्षा मापन भएको छ।
सुर्खेतमा सरदरभन्दा कम, विराटनगर र ताप्लेजुङमा सरदरभन्दा बढी वर्षा भएको छ। नेपालगञ्जमा भने सरदरभन्दा कम वर्षा मापन भएको छ।
यो गत मई ९ देखि जुलाई ३ मा परेको पानीको आधारमा विश्लेषण गरिएको छ।
गत वर्षको मनसुन अवधि (मई १ देखि जुन १ सम्म) मा सरदर वर्षाको तुलनामा कम पानी परेको थियो। गत वर्ष मनसुन अवधिमा १ हजार ३०३.० मिलिमिटर वर्षा भएको थियो। यो सरदर वर्षाको ८८.५ प्रतिशत भएको शाखाले जनाएको छ। नेपालमा सरदर १ हजार ४७२.० मिलिमिटर वर्षा हुने गर्छ। यस वर्ष मई २ मा मनसुन नेपाल प्रवेश गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement