गुल्मीमा परीक्षणका लागि चिया खेती गरिने

IMG-20240809-WA0005

झापा: गुल्मीमा चिया खेतीको परीक्षणका लागि १० हजारभन्दा बढी बिरुवा लगाइने भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका–७, भुर्तुङको धुँवाखोलामा १० हजारभन्दा बढी बिरुवा लगाउनका लागि खाडल खनेर तयार गरिएको छ। इलामबाट १० हजारभन्दा बढी बिरुवा परीक्षणका ल्याइने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए। अहिले परीक्षणका लागि बिरुवा अगस्त महिनाको अन्त्यमा ल्याइने र परीक्षण सफल भएमा यसलाई व्यावसायिक रूपमा नै अगाडि बढाउने गरी तयारी गरेको भण्डारीले बताए।
प्रविधि परीक्षण कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको लागतमा बिरुवा खरिद गरी ल्याइने बताए। बिरुवा कार्यालयले उपलब्ध गराउने र खाडल खन्नेलगायतका कार्य कृषकले गर्ने भण्डारीले बताएका छन्। चिया खेतीका लागि ओसिलो क्षेत्र चाहिने र हावामा पनि पानीको मात्रा हुने क्षेत्र उत्तम हुने ज्ञान केन्द्र गुल्मीले जनाएको छ। विशेष गरी समुद्री सतहदेखि आठ सय मिटरभन्दा माथि एक हजार आठ सय मिटरसम्म चिया खेती गर्न सकिने कार्यालयले जनाएको छ।
भुर्तुङको धुँवाखोलामा तमु उद्यमशील महिला समूहले बाँझिएको जग्गालाई सदुपयोग गर्नका लागि चिया खेतीको अवधारण लिएको जनाएको छ। सो समूहको एक उपसमिति बनाएर चिया तथा अन्य बिरुवाको रोपण र अध्ययनका लागि योजना बनाएको परिकल्पनाकार आशिष गुरुङले बताए। समूहमा ३६ घरपरिवार आबद्ध रहेका छन्। बाँझिएको १७ रोपनी जग्गामा अहिले चिया खेतीको सुरुवात गर्ने र अर्को वर्ष करिब २० रोपनी जग्गामा खेती गर्ने गरी योजना बनाएको उनको भनाइ छ।

About Author

Advertisement