सिक्किम पुलिसलाई परास्त गर्दै रेड पाण्डा सिक्किम सेमिफाइनलमा

IMG-20240808-WA0266

सोरेङ: रेड पाण्डा सिक्किमका स्टार खेलाडी कुञ्जमान थापा(२४)-ले ६१औं मिनेटमा गरेको निर्णायक गोलको फलस्वरूप रेड पाण्डा सिक्किम टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। यहाँको सोरेङ जौटार स्टुडियममा खेलिएको क्वार्टरफाइनल म्याचमा रेड पाण्डाले सिक्किम पुलिसलाई परास्त गरेको हो। आजको खेलमा उत्कृष्ट खेलाडी रेड पाण्डाको निम्ति निर्णायक गोल गर्ने खेलाडी कुञ्जमान थापा बने। उनलाई आयोजक समितिको तर्फबाट पुरस्कार स्वरूप मुख्य अतिथिको हातबाट पाँच हजार रुपियाँ प्रदान गरियो। सोरेङ जिल्ला स्वतन्त्रता दिवस समारोह समितिको तत्वावधानमा साथै सिङलिङ स्पोर्टिङ क्लबको सहकार्यमा जारी दसौं दिनको कार्यक्रममा गान्तोक स्मार्ट सिटीका अतिरिक्त निर्देशक दिपङ्कर लामा मुख्य अतिथिको रूपमा उपस्थित थिए। अर्कोतिर, यहाँमा जारी जिल्ला स्तरीय अन्तर विभागीय फूटबल टुर्नामेन्टमा भू-राजस्व तथा आपदा प्रबन्धनले एमएलए एकादशलाई ४-१ गोलको अन्तरले पराजित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement