खरसाङको उच्छेद गरिएका दोकानेहरूलाई दशैं नै नपर्खेर झट्टै स्थान दिनु पर्ने पेम्बा रिम्पोर्छेको मांग

IMG-20240808-WA0199

खरसाङ: खरसाङ नगरपालिकाद्वारा अवैध दोकानहरू भत्काउने कार्य गरिएको विषयमा प्रतिक्रिया दिन्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले उच्छेद गरिएका दोकानहरूलाई झट्टै स्थापित गर्नु पर्ने सुझाव दिएका छन्। उनले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाद्वारा अवैध दोकानहरू भत्काउने कार्य राम्रै हो तर उच्छेद गरिएका दोकानेहरूलाई खरसाङ बजारको सुपर मार्केट क्षेत्रमा स्थान दिनु पर्ने मांग पनि गरेका छन्। उनले खरसाङ बजार क्षेत्रमा गरीब मानिसहरू र मास्टर गरेका साथै ईञ्जिनियरिङ गरेकाहरूले पनि दोकान पाटहरू थापेर स्वनिर्भर बनिनरहेको र अहिले उनीहरू सबै नै उच्छेद बनेकोले उनीहरू सबैलाई स्थान दिनु पर्ने मांग गरेका छन्। खरसाङको उच्छेद गरिएका दोकानहरूलाई जीटीए प्रमुख अनित थापाले दशैं अघि नै स्थान दिने भनिएको विषयमा आफ्नो प्रतिक्रिया दिन्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले यो कुरा ठीकै हो तर दशैं नै नपर्खेर झट्टै स्थान दिनु पर्ने मांग पनि गरेका छन्। उनले दशैं पर्खिरहँदा समय ढिलो हुनसक्छ र दोकानेहरूले बिक्रीको लागि राखिएको सामानहरू बिग्रेर जान सक्छ भन्दै दोकानेहरूलाई गरिखानलाई झट्टै स्थान दिएको स्थापित गर्न सकिए राम्रो हुने पनि बताएका छन्। त्यसलै दशैं नपर्खि झट्टै दोकानेहरूलाई स्थापित गरिनु पर्ने सुझाव दिएका छन्।उनले आफु धर्म गुरु भएकोले दोकानेहरूको पीढ़ा र दर्दलाई अनुभव गरेकोले उच्छेद गरिएका दोकानेहरूलाई झट्टै स्थान दिएर यो समस्याको समाधान गरिनु पर्ने मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement