सिलगढी: छिमेकी देश बंगलादेशको वातावरण अहिले पनि निकै खराब छ तर अवस्था पहिलेको तुलनामा केही सुधार भएको छ। यही कारणले आजदेखि सिलगढी र भारत–बंगलादेशको सीमावर्ती फुलबारी अन्तरशताब्दी सीमानाबाट दुई देशबीच आयात–निर्यात शरु भएको हो। जसका कारण व्यवसायीले राहतको सास फेरेका छन्। व्यवसायीले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा मात्रै करिब चार करोड रुपियाँ घाटा भएको छ। फुलबारी नाकाबाट आयात–निर्यात बन्द हुँदा मात्रै यो घाटा भएको हो। बंगलादेशमा भएको विद्रोहपछि भारत सरकारले अगस्त ४ देखि सीमामा आयात–निर्यातमा प्रतिबन्ध लगाएको थियो। नाका बन्द हुने बित्तिकै सीमामा ट्रकको लामो लाइन लागेको थियो। लगातार तीन दिनसम्म सिल गरिएको नाका आज खुलेसँगै ट्रकको आवाज आउन थालेको छ। आज बिहानैदेखि ट्रकको आवाज आइरहेको छ। दुई देशबीच आयात निर्यात शुरु भएपछि व्यवसायीले राहतको सास फेरेका छन्। यो आयात निर्यात सुरु नभएको भए ठूलो नोक्सानी हुने डर व्यवसायीलाई थियो। तर, आज भुटानका सवारीसाधन मात्र बंगलादेश प्रवेश गर्न दिइएको छ।










