सिलगढी नगरनिगमद्वारा विश्व कवि रवीन्द्रनाथ टैगोरलाई पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण

IMG-20240807-WA0127

सिलगढी: भारतले आज नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको पुण्यतिथि मनाउँदैछ। सिलगढी नगरनिगमले पनि नोबेल पुरस्कार विजेतालाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरेको छ। रवीन्द्रनाथ टैगोरले आफ्नो लेखन र धेरै उपन्यासहरू मार्फत देशमा मानव बन्धन, भ्रातृत्व र प्रेमको भावना व्यक्त गरेका छन्। विश्व कविलाई बुधबार उनको पुण्यतिथिमा सम्झना गरिएको छ। आज सिलगढी नगरनिगमले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै सम्मान गरेको छ। बाघजातिन पार्कमा रहेको रवीन्द्रनाथ टैगोरको शालिकमा मेयर गौतम देव, वरो अध्यक्ष मिली सिन्हा, मेयर परिषद शोभा सुब्बालगायत नगरका विभिन्न सांस्कृतिक व्यक्तित्वले माला र पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। विश्वकवि टैगोरका गीतहरू कलाकारहरूले प्रस्तुत गरेका थिए, मेयर पनि उनीहरूसँग जोडिएका थिए। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement